नारायणघाट-बुटवल खण्डमा बढी रुख काट्नेमाथि कारबाही गर्न विकास समितिकाे निर्देशन
काठमाडाैं, माघ २८ : प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट-बुटवल सडकखण्डमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।सिंहदरबारमा शुक्रबार...
काठमाडाैं, माघ २८ : प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट-बुटवल सडकखण्डमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले डिपिआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न स्वीकृत दिनेमाथि १५ छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।
त्यस्तै बैठकले छिमेकी राष्ट्रहरुबाट नेपाल प्रवेश गर्ने ठुला मालवाहक सवारी साधनले निर्धारित मापदण्ड र सडकको क्षमता भन्दा बढी मालवस्तुहरु बोके, नबोकेको सम्बन्धमा प्रवेश नाकामै परीक्षण गर्न नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन्।
त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणका क्रममा देखिएका भुक्तानी समस्या समाधान गर्न पनि निर्देशन दिएको उनले बताए।
बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रेणुकुमारी यादवले मुआब्जाका विषयमा समय देखिँदा आयोजनाहरु समयमा नै सम्पन्न हुन नसकेको बताइन्। मुलुक संघीयतामा गइसकेपछि सडक निर्माणका वषियमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसक्दा समस्या हुने गरेको उनको भनाइ छ।
त्यस्तै सांसदहरुले आयोजनाहरु सम्पन्न नहुँदा लागत बढेको भन्दै राज्यले गम्भीर भएर देखिएका समस्याहरु समाधान गर्नुपर्ने बताए।











