Kathmandu Press

जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता

जेरुसेलम, माघ २८ : जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । जर्मन विदेशमन्त्री अन्नलेना बारबोक र इजरायलका विदेशमन्त्री यायीर लापिदबीच बिहीबार तेल अबिबमा...
जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता

जेरुसेलम, माघ २८ : जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । जर्मन विदेशमन्त्री अन्नलेना बारबोक र इजरायलका विदेशमन्त्री यायीर लापिदबीच बिहीबार तेल अबिबमा भेटवार्ता भएको हो ।

सो भेटवार्ताका क्रममा उनीहरुका बीचमा इरानी आणविका सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ ।

Hardik ivf

सन् २०१५ मा भएको इरान आणविक सम्झौतका बारेमा उहाँहरुको भेट केन्द्रित भएको इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।जर्मनीसहित विश्वका पाँच शक्तिसम्पन्न देश र इरानका बीचमा सन् २०१५ मा सो आणविक सम्झौता भएको थियो।

सो सम्झौता इरानले पालना नगरेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि आवश्यक मात्रामा केही समय यतादेखि छलफल जारी रहेको छ । त्यस सम्झौतामा सहभागी देशहरुले केही समय अघि अष्ट्रियाको राजधानी भियनामा पनि  छलफल गरेका थिए। 

प्रकाशित मिति: १७:३२ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्