Kathmandu Press

नेटो प्रमुख र बेलायती प्रधानमन्त्रीबीच युक्रेन समस्याबारे छलफल

नेटो प्रमुख र बेलायती प्रधानमन्त्रीबीच युक्रेन समस्याबारे छलफल

ब्रसेल्स, माघ २८ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उत्तर एटलान्टिक सन्धी संगठन, नेटोका प्रमुख जेन्स स्टोल्टबर्गका बीचमा बिहीबार भेटवार्ता भएको छ। हाल बेल्जियमको भ्रमणमा रहनुभएका बृटिश प्रधानमन्त्री जोनसन र नेटो प्रमुख जेन्सबीचमा बिहीबार ब्रसेल्समा छलफल भएको बताइएको छ।

उनीहरुका भेटका क्रममा खासगरी पछिल्लो समयमा रुस र युक्रेनमा देखिएको समस्याका बारेमा कुराकानी भएको बताइएको छ । भेटका क्रममा नेटोका प्रमुख जेन्सले रुसका कारण युक्रेनमा उत्पन्न हुन लागेको भनिएको अवस्था युरोपको सुरक्षाका लागि पनि चासोको विषय रहेको बताए।

Hardik ivf

उनीहरुको भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेटो प्रमुख जेन्सले भनेका छन् कि रुसका कारणले हाल देखिएको अवस्था निकै नै खतरनाक रहेको छ । नेटोले अहिले पनि रुस–युक्रेन समस्याको समाधान वार्ताको माध्यमबाट नै खोज्नुपर्छ भनेको बताएका छन्। उनले नेटोले यो समस्याको राजनीतिक समाधान आवश्यक रहेको बताएको पनि जानकारी सो अवसरमा दिएका थिए।

युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो संख्यामा रुसी सेना राखेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको अमेरिकासहित पश्चिमा देशहरुको दाबी छ । तर रुसले भने यस आरोपको खण्डन गर्दै आएको छ। 

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्