एमसिसी संसदमा पेस गर्न दिन्न भन्नु सभामुखको अधिकारभन्दा बाहिर : ओली
काठमाडौं, माघ २८ एमालेका अध्यक्ष केपी ओलीले एमालेले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र एमालेप्रति पूर्वाग्रही भएको पनि बताएका छन्। आज...काठमाडौं, माघ २८ : एमालेका अध्यक्ष केपी ओलीले एमालेले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र एमालेप्रति पूर्वाग्रही भएको पनि बताएका छन्।
आज (शुक्रबार) काठमाडौंमा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको भर्चुअल रुप उद्घाटन गर्दै उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद्मा पेस गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताए।
सभामुखले एमसिसी सम्झौता संसदमा पेस गर्न दिन्न भन्नु सभामुखको अधिकारभन्दा बाहिरको कुरा भएको उहाको भनाइ छ।
यसअघिका सभामुखले पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसिसीबारे निर्णय गर्न पाउनुपर्ने तर्क गरे। सत्तारुढ गठबन्धनका नेताले जनता र पार्टीमा फरकफरक कुरा गर्ने गरिएको भन्दै आलोचना गरे।
त्यसैगरी उनले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी तालमेल नगर्ने बताए। अध्यक्ष ओलीले पार्टीले चुनावी तालमेल वा एकता गर्छ कि भन्ने नसोच्न अपिल गरे।
कानुन नहुँदा पनि स्थानीय तहका पहिलो जनप्रतिनिधिले उल्लेख्य काम गरेको बताउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउन केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।
त्यस्तै उनले एमालेले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिए। उनले वर्तमान सरकार र गठबन्धन दलले निर्वाचन गर्न नचाहे पनि जनताको दबाबका कारण स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएको उल्लेख गरे।
उनले स्थानीय तहको निर्वाचन सम्पूर्ण शक्तिका साथ तयारीमा जुट्न निर्देशन दिए।
त्यस्तै उनले सात महिनाको अवधिमा गठबन्धन सरकारले मुलुकलाई अस्तव्यक्त बनाएको आरोप लगाए। उनले आफूहरू संसद्मा प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न इच्छुक रहेको तर सरकारले संसद् चलाउने वातावरण नबनाएको टिप्पणी गरे।











