काठमाडौं उपत्यकामा थप २ सय ६५ जनामा कोरोना संक्रमण
काठमाडौं, माघ २८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २ सय ३, ललतिपुरमा...
काठमाडौं, माघ २८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा २ सय ३, ललतिपुरमा ४५ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर कुल १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै उपत्यकामा कुल ११ हजार ५४३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ६ हजार ६६९, ललितपुरमा ३ हजार ४४८ र भक्तपुरमा १ हजार ४२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
देशभर २७ हजार ४४१ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:१९ बजे, शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











