Kathmandu Press

कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, ११२८ संक्रमित थपिए

काठमाडौं, माघ २८ : नेपालमा एकैदिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणदर दैनिक घट्दो क्रममा रहेपनि मृत्युदर भने बढेको देखिएको छ।...
कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, ११२८ संक्रमित थपिए

काठमाडौं, माघ २८ : नेपालमा एकैदिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणदर दैनिक घट्दो क्रममा रहेपनि मृत्युदर भने बढेको देखिएको छ। बिहीबार १२ जना संक्रमितको मृत्यु भएको थियो। 

देशभर कोरोना संक्रमणदर भने निरन्तर घट्दै गएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। शुक्रबार देशभर कुल १ हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

मन्त्रालयका अनुसार १७ हजार ४४७ नमूनाको पीसीआर परीक्षण गर्दा ६६६ र ३ हजार ५४२ नमूनाको एन्टीजेन परीक्षण गर्दा ४६२ जनामा संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा २ हजार २१५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। 

योसंगै मुलुकभर कोरोनासंक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ७२ हजार १४१ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ३६ हजार ९७३ पुगेको छ। निको हुनेको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ भने अहिलेसम्म ११ हजार ८७८ संक्रमितको मृत्यु भएको छ। 

शुक्रबार देशभर २७ हजार ४४१ सक्रिय संक्रमित रहेका छन्। तीमध्य २६ हजार ४५० जना होम आइसोलेसन र ९९१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्य २०६ जना आइसीयू र ३६ जना भेन्टिलेटरमा रहेका छन् भने १०९ जना संस्थागत क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ लाख ४५ हजार २६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

प्रकाशित मिति: १६:१२ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्