एमसिसी नेपालको पहलमा छनोट भएर आएको परियोजना : डा. महत
काठमाडौं, माघ २८ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले एमसिसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएको बताएका छन्।नेपाल प्रेस युनियनले आज (शुक्रबार)...
काठमाडौं, माघ २८ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले एमसिसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएको बताएका छन्।
नेपाल प्रेस युनियनले आज (शुक्रबार) काठमाडौंमा गरेको कार्यक्रममा उनले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएकाले यसमा अमेरिकाको कुनै दबाब र स्वार्थ नरहेको बताएका हुन्।
उनले एमसीसीजस्तो परियोजना रोक्न झुटको प्रचार भइरहेको धारणा राखे। एमसीसी सम्झौतामा नजोडिएका कुनै पनि दल र नेता नरहेको भन्दै उनले नेताहरूले नै यसको विरोध गरिरहेको उनको भनाइ छ।
उनले एमसीसी कुनै सैन्य रणनीति नरहेको पनि बताए। उनले संसदमा छलफल गरेर यसलाई पारित गर्नुपर्ने उल्लेख गरे।
प्रकाशित मिति: १५:२६ बजे, शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











