Kathmandu Press

ट्यांकर दुर्घटनामा १ जनाको मृत्यु

डोटी, माघ २८ : डोटीको जोरायलमा ट्यांकर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।जोरायलगाउँपालिका–२ बुडरस्थित सडकमा बुडरदेखि जोरायलतर्फ जाँदै गरेको से१क २१५ नम्बरको पानी बोक्ने...
ट्यांकर दुर्घटनामा १ जनाको मृत्यु

डोटी, माघ २८ : डोटीको जोरायलमा ट्यांकर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जोरायलगाउँपालिका–२ बुडरस्थित सडकमा बुडरदेखि जोरायलतर्फ जाँदै गरेको से१क २१५ नम्बरको पानी बोक्ने ट्याङकर सडकबाट अन्दाजी २० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा ट्याङकरमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय सुनिल ऐरको घटनास्थलमै मृत्यु भएको हो। 

हाल फरार ट्यांकर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्