Kathmandu Press

टेलिफोन संवादबारे प्रचण्डको सचिवालयले भन्यो– ओलीले गैरजिम्मेवार जवाफ दिए  

टेलिफोन संवादबारे प्रचण्डको सचिवालयले भन्यो– ओलीले गैरजिम्मेवार जवाफ दिए  

काठमाडौं, माघ २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको पुष्टि गरेको छ। 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत बिहीबार ओलीसँग अध्यक्ष प्रचण्डले टेलिफोन संवाद गरेको जानकारी दिएका हुन्। 

टेलिफोनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्लालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे कुराकानी भएको मल्लले बताएका छन्। संवादमा ओलीसँग प्रचण्डले एमसीसी राष्ट्रिय सरोकारको विषय भएका कारण सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर छलफल गर्न आग्रह गरेको बताए। एमसीसीमा राष्ट्रिय सहमति निर्माण गर्ने र त्यसका लागि एमालेले आफ्नो धारणा सार्वजनिक गर्न प्रचण्डको आग्रह थियो। 

देश निर्वाचनमा होमिएका कारण राष्ट्रिय सहमति बन्ने स्थिति नभए सम्बन्धित पक्षसँग एमसीसीलाई निर्वाचनपछि छलफल गर्ने बताउनुपर्ने धारणा राखेका थिए। प्रचण्डको कुरालाई ओलीले गम्भीरतापूर्वक नलिएको प्रचण्डको सचिवालयले जनाएको छ। उनले गठबन्धनसँग बहुमत भएकोले पास गर्न चुनौती दिएको मल्लले उल्लेख गरेका छन्। 

‘उहाँले बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस। तर गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन,’ मल्लले लेखेका छन्। 

यसअघि एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले टेलिफोन संवादमा प्रचण्डले ओलीसमक्ष एमसीसीलाई अगाडि बढाउन अनुरोध गरेको बताएका थिए। 

प्रकाशित मिति: १५:०७ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्