सेफ्टी ट्यांकीमा डुबेर ३ वर्षीय बालककाे मृत्यु
मोरङ, माघ २८ : मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा चिया पसल गरी बस्ने सोही नगरपालिका–९ चन्दनखाँडी घर भएका सन्तोष कुमार दासको छोरा ३ वर्षीय खेम...
मोरङ, माघ २८ : मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा चिया पसल गरी बस्ने सोही नगरपालिका–९ चन्दनखाँडी घर भएका सन्तोष कुमार दासको छोरा ३ वर्षीय खेम दासको बिहीबार दिउँसाे सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको छ।
सोही ठाउँस्थित बिपि आधारभूत विद्यालयको ट्वाईलेटको सेफ्टी ट्याङकीमा डुबेर असक्त भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












