Kathmandu Press

मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ : ओली 

काठमाडौं, माघ २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन्। उनले यसअघिको स्थानीय...
मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ : ओली 

काठमाडौं, माघ २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन्। उनले यसअघिको स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनसँग लडेर एमाले सबैभन्दा ठूलो दल भएको र आउने निर्वाचनमा पनि एमालेलाई ठूलो दल बन्नबाट कसैले रोक्न नसक्ने बताएका हुन्। 

शनिबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले चुनाव हार्ने डरले अन्य दलका नेताहरु विभिन्न बहानाबाजी गर्दै निर्वाचन नगर्ने पक्षमा देखिएको बताए। चुनावको विपक्षमा रहेकाहरुलाई घिसारेर भएपनि चुनावमा ल्याउनुपर्ने ओलीले बताए। 

उनले माओवादी केन्द्रलाई व्यंग्य गर्दै यसअघिको निर्वाचनमा जस्तो मतपत्र च्यातेर जित्ने सपना नदेख्न चेतावनी दिएका छन्। ‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ,’ उनले भने। 

उनले एकिकृत समाजवादीमा लागेका नेता कार्यकर्ताहरुलाई समयमै एमालेमा फर्कन समेत आग्रह गरेका छन्। 
 

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्