Kathmandu Press

धोबीखोला करिडोरमा प्राधिकरणकाे अनुगमन, सडक ओगटेर निर्माण सामग्री नराख्न अनुरोध

काठमाडौं, माघ २८ : उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोरमा सडक ओगटेर निर्माण सामग्री नराख्न अनुरोध गरेको छ।आज (शुक्रबार) धोबीखोला करिडोरको अनुगमन गर्दै प्राधिकरणले...
धोबीखोला करिडोरमा प्राधिकरणकाे अनुगमन, सडक ओगटेर निर्माण सामग्री नराख्न अनुरोध

काठमाडौं, माघ २८ : उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोरमा सडक ओगटेर निर्माण सामग्री नराख्न अनुरोध गरेको छ।

आज (शुक्रबार) धोबीखोला करिडोरको अनुगमन गर्दै प्राधिकरणले यसअघि दिएको निर्देशनअनुसार सडक ओगटेर निर्माण सामग्री नराख्न अनुरोध गरेको हो। 

धोबीखोला करिडोरमा सडक ओगटेर सामान राखे जफत गर्ने र आवश्यक कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ।

प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोरमा निर्माण सामग्री राख्दा आवतजावतमा समस्या भएकाले निर्माण सामग्री नराख्न अनुरोध गरिन्।

त्यस्तै धोबीखोला करिडोरमा जथाभावी फोहर फाल्ने गर्दा समस्या भएकाले यसको समाधानको उपाय खोजिने उनले बताइन्।

यसअघि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै नियमित अनुगमन गरि सडक र फुटपाथलाइ खाली गर्ने बताएकी थिइन्। 

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्