वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

काठमाडौं, माघ २८ : इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ।
वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवर्धनका लागि उद्यमशLलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई सहयोग गर्ने भएको हो।
वर्ल्डलिंकको सहयोगमा उद्यमशीलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीनवटा नीतिगत विषयवस्तुमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।
सरकारका सम्बन्धित मन्त्रालयको समेत सहभागितामा तीन जनालाई दायित्व नेपाल नीति फेलोसिप प्रदान गर्ने गरी बिहीबार वर्ल्डलिंक र दायित्व नेपालबीच सम्झौता भएको छ।
नीति अनुसन्धान सम्बन्धी सो सम्झौतामा वर्ल्डलिंकका कम्युनिकेसन्स लिमीटेडका अध्यक्ष श्री दिलीप अग्रवाल र दायित्व नेपालका अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार, लगानीमा पहुँच, युवा रोजगरी, महिलाको आर्थिक सशक्तीकरण, मूल्य शृंखला र शासन सुधार लगायतका विषयवस्तुमध्ये विश्वव्यापी प्रतिस्पर्धामार्फत रिसर्च फेलो छनोट गरिनेछ भने उनीहरुले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका सहसचिवस्तरका अधिकारीहरुको मेन्टरिङमा नीतिगत अनुसन्धान गर्नेछन्।
पाँच सांसद र सम्बन्धित मन्त्रालयका पाँच अधिकारीहरुको सहभागितामा १० विषयवस्तु छनोट गरेर विश्वव्यापी प्रतिस्पर्धा गरिने दायित्व नेपालले जनाएको छ।
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष अग्रवालले स्वदेशभित्र उद्यमशीलता विकासका लागि सहयोग पु¥याउन प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि फेलोसिप सहयोग गरेको बताए।
‘विदेश पढ्न गएकालाई स्वदेश फर्कन र स्वदेशबाट विदेश जाने तर्खरमा रहेका युवालाई नेपालमै रहेर काम गर्ने वातावरण निर्माणका लागि रोजगारी दिन सक्ने गरी उद्यमशीलता विकास गर्न नीतिगत रूपमा गर्नुपर्ने सुधारमा सहयोग पु¥याउन सहयोग गरेका हौं,’ उनी भन्छन्, ‘यसले नेपालमै उद्यमशीलता गर्नका लागि युवावर्गलाई प्रेरणा दिन सहयोग पुर्याउनेछ।’
वर्ल्डलिंकसँगको सहकार्यले युवा-सरकारबीचमा विश्वासका वातावरण निर्माणका साथै आर्थिक सुशासन अभिवृद्धिसँगै युवावर्गलाई आशा, उत्साह र परिवर्तित भएर अघि बढ्न सहयोग पुर्याउने दायित्व नेपालका अध्यक्ष मल्लको विश्वास छ।











