Kathmandu Press

ओलीले गरे सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना

काठमाडौं, माघ २८ : एमाले अध्यक्ष केपी ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्।उनले आज (शुक्रबार) एमाले नेता कृष्णगोपाल श्रेष्ठमार्फत जोशीको स्वास्थ्य...
ओलीले गरे सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना

काठमाडौं, माघ २८ : एमाले अध्यक्ष केपी ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्।

उनले आज (शुक्रबार) एमाले नेता कृष्णगोपाल श्रेष्ठमार्फत जोशीको स्वास्थ्य लाभको कामना गदैृ सन्देश पठाएका हुन्।

स्वास्थ्यमा समस्या देखिएपछि १०२ वर्षीय जोशी किस्ट अस्पतालमा भर्ना भएर उपचाररत छन्। ओलीको सन्देश लिएर नेता श्रेष्ठ जोशीलाई भेट्न किस्ट अस्पताल पुगेका थिए। श्रेष्ठले पनि उनको शीघ्र स्वास्थ्य लाभको कामना गरे।

जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ। किष्टले जोशीको निःशुल्क उपचारको व्यवस्था गरेको छ।

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्