Kathmandu Press

यथास्थितिमा एमसिसीलाई समर्थन गर्न सकिन्न : नेपाल

वीरगन्ज, माघ २८ : सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसिसीलाई समर्थन गर्न नसकिने बताएका छन् ।समाजवादी...
यथास्थितिमा एमसिसीलाई समर्थन गर्न सकिन्न : नेपाल

वीरगन्ज, माघ २८ : सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसिसीलाई समर्थन गर्न नसकिने बताएका छन् ।

समाजवादी प्रेस संगठन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको नेपालले त्यस्तो बताएका हुन्। उनले पारित गर्नुभन्दा अगाडि एमसिसीबारे जनतालाई स्पष्ट पार्नुपर्नेमा जोड दिए। एमसिसीबारे अध्ययन भइरहेकाले अन्तिम निष्कर्ष आउन बाँकी रहेकाले आँखा चिम्लेर त्यसलाई समर्थन गर्न नसकिने उनले बताए।

एमसिसीका विषयमा नेपाली जनता र राजनीतिक दलहरूमा मतभेद रहेकाले त्यसमा कतिपय कुरा संशोधन गर्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे। ‘जनमत एमसिसीविरुद्ध छ। जनतालाई आश्वस्त पार्नु ठूलो चुनौती छ,’ उनले भने।

सम्झौता मिति पर सारेर एमसिसीबारे पर्याप्त छलफल गर्नुपर्ने उनको भनाइ थियो। ‘सम्झैता मिति पर सारे गहिरोसँग अध्ययन गर्न पाइन्थ्यो। भएनभएको प्रचार भइरहेको छ। कतिपय कुरा सुधार गर्न मौका पनि मिल्छ,’ उनले भने। 
 

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्