Kathmandu Press

बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला

काठमाडौं, माघ २८ : ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला परेको छ । खुमलटार स्थित करुणा मन्दिरको हातामा बिहान मुर्ति...
बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला

काठमाडौं, माघ २८ : ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला परेको छ । 

खुमलटार स्थित करुणा मन्दिरको हातामा बिहान मुर्ति भेटिएको ललितपुर प्रहरीले जनाएको छ । 

क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि खोलेर हेर्दा मुर्ति भेटिएको प्रहरीले जनाएको छ । 

उक्त मुर्ति चोरीमा संलग्नहरुको खोज भइरहेको छ । माघ ९ मा मुर्ति हराएपछि ललितपुर परिसर र महानगरीय अपराध महाशाखाले त्यसबारे अनुसन्धान गरिरहेको थियो । 

प्रकाशित मिति: ०९:०५ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्