Kathmandu Press

वार्षिक उत्सवको अवसरमा माछापुच्छ्रे बैंकको छुटैछुट

काठमाडौं, असोज १ : माछापुच्छ्रे बैंकले आफ्नो १९ औ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजना सार्वजनिक गरेको छ।....

वार्षिक उत्सवको अवसरमा माछापुच्छ्रे बैंकको छुटैछुट

काठमाडौं, असोज १ : माछापुच्छ्रे बैंकले आफ्नो १९ औ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजना सार्वजनिक गरेको छ।

बैंकिङ्ग कारोबार सुरू गरेको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरूमार्फत डेबिट कार्ड, डिम्याट खाता र मेरो सेयर खाता निशुल्क रुपमा खोल्ने घोषणा गरेको छ।

त्यस्तै बैकले माछापुच्छ्रे महोत्सवअन्तर्गत देशभरका भाटभटेनी सुपरमार्केटहरूमा माछापुच्छ्रे बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरू खरिद गर्दा १० प्रतिशतसम्मको क्यास व्याक अफर सुविधा पनि प्रदान गर्ने भएको छ।

यो योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ भन्दा वढिको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट दिने भएको छ।

यस्तै, आइएनआररयुएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा दिने बैंकले जनाएको छ।

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, असोज १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्