Kathmandu Press

आजबाट खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौं, माघ २८ : कोरोनाको भाइरसको तेस्रो लहरसँगै दर्शनार्थीका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आजबाट खुलेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको...
आजबाट खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौं, माघ २८ : कोरोनाको भाइरसको तेस्रो लहरसँगै दर्शनार्थीका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आजबाट खुलेको छ । 

काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले आझबाट मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । 

दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास कोषले जनाएको छ। विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले भनेको छ। 

मन्दिर माघ ४ गतेदेखि दर्शनार्थीका लागि बन्द गरिएको थियो।

प्रकाशित मिति: ०७:०५ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्