Kathmandu Press

अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन : यूनिसेफ

काबुल, माघ २७ : अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठूलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दावी गरिएको छ।संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष...
अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन : यूनिसेफ

काबुल, माघ २७ : अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठूलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दावी गरिएको छ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (यूनिसेफ)ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो।

यूनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ।

विषेश गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले बालबालिकाहरुमा कुपोषणलगायतका रोगसँगै विभिन्न समस्याहरू उत्पन्न भएकाले उनीहरूको जीवन जोखिममा रहेको यूनिसेफका अधिकारीहरूको भनाइ छ।

'तत्काल ठोस सहयोग गर्ने कार्य गरिएन भने कम्तीमा दश लाख बालबालिकाको ज्यान जान सक्छ, त्यसैले उच्च प्राथमिकताका साथ सहयोगका लागि काम गर्नुपर्ने टट्कारो आवश्यकता छ,' अफगानिस्तानस्थित यूनिफेसको कार्यालयले उल्लेख गरेको छ।  

कुपोषणलगायतका विभिन्न समस्याबाट ग्रसित बालबालिकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढी रहेको यूनिसेफले जनाएको छ।

बालबालिकालाई आवश्यकताअनुसार पोषणयुक्त खाद्य पदार्थ उपलब्ध गराउन सरकारले नसकेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले पनि स्वीकार गरेको छ। 

प्रकाशित मिति: २०:५३ बजे, बिहीबार, माघ २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्