Kathmandu Press

साउदी विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते

साउदी विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते

यमन, माघ २७ : साउदी सेनाले यमन सीमा नजिकैको विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा उक्त घटनामा परी कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले बिहीबार जनाएका छन्।

आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि विमानस्थलमा केही अंश खसेका थिए। यसअघि यमनका हुथी विद्रोहीले पनि यस्तै आक्रमण गरेका थिए। साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यम, साउदी प्रेस एजेन्सीले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, 'साउदी रक्षा फौजले आभा अन्तराट्रिय विमानस्थलतर्फ प्रक्षेपण गरिएको ड्रोन नष्ट गरेको छ।'

सन्देशमा भनिएको छ, 'गैर–सैनिक (नागरिक) विमानस्थल र यात्रुलाई खतराको प्रतिक्रिया दिन सुरक्षाकमी परिचालन गरिएको छ र हामी आगामी परिस्थितिको सामना गर्न दृढ कदम चाल्नेछौं।'

यस आक्रमणका लागि यमनी हुथी विद्रोहीहरूलाई दोषी ठहर्‍याइसकिएको पनि छैन थिएन र इरान समर्थित विद्रोहीले पनि तत्काल जिम्मेवारी पनि लिएको छैन।  

सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धनसँग लडिरहेका विद्रोहीले विमानस्थल र कच्चा तेल सङ्कलन केन्द्रलगायतका साउदी क्षेत्रलाई निशाना बनाउँदै बारम्बार ड्रोन आक्रमण गर्ने गरेका छन्।

प्रकाशित मिति: २०:५२ बजे, बिहीबार, माघ २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्