Kathmandu Press

९६ वर्षको उमेरमा नागरिकता

लमजुङ, माघ २७ : पहाडी जिल्ला लमजुङस्थित मध्यनेपाल नगरपालिका–२ तान्द्राङटक्सारका कृष्णबहादुर गुरुङले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन। एकचालीस वर्षीय कान्छो छोरा...
९६ वर्षको उमेरमा नागरिकता

लमजुङ, माघ २७ : पहाडी जिल्ला लमजुङस्थित मध्यनेपाल नगरपालिका–२ तान्द्राङटक्सारका कृष्णबहादुर गुरुङले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन। एकचालीस वर्षीय कान्छो छोरा श्रीप्रसाद गुरुङले सनाखत गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय लमजुङबाट उनले नागरिकता प्राप्त गरेका हुन।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गुरुङलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेका थिए। नागरिकताका बारेमा ज्ञानको अभाव भएका वृद्धले नागरिकता नबनाएको र अहिले ढिलै भए पनि नागरिकता प्राप्त गरेको उनको भनाइ छ। बेलायती सेनाबाट सेवा निवृत्त गुरुङ विसं १९८२ चैत ५ गते जन्मिएका थिए। उनी सन् १९४८ मा कुनै पनि कागजातबिना बेलायती सेनामा भर्ती भएका थिए।

बेलायती सेनामा भर्ती भएपश्चात्  मलेसिया र  सिङ्गापुरमा  १५ वर्ष सेवा गरी निवृत्त भएपछि आफ्नै घर फर्किए। उनी करिब ४० वर्षदेखि घरमै बस्दै आएका थिए। दुई छोरालाई अंश दिने कुरामा समस्या आएपछि बल्ल नागरिकता बनाएको उनले बताए। यतिका वर्षपछि नागरिकता पाउँदा उनी दङ्ग परेका छन।

कृष्णबहादुरकी श्रीमती विजयामा गुरुङको नागरिकता भने बनिसकेको थियो। कृष्णबहादुर पति कायम गरी नागरिकता बनेकाले छोराछोरीको नागरिकता पनि बनिसकेको छ। गुरुङकी श्रीमतीको २० वर्षअघि निधन भइसकेको परिवारले जनाएको छ।

प्रकाशित मिति: २०:४९ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्