Kathmandu Press

पुतलीबजारका किसानलाई टनेल प्लास्टिक वितरण

काठमाडौं, माघ २७ : स्याङ्जाको पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक र प्राविधिक सहयोग र सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापनमा संचालित कोभिड...
पुतलीबजारका किसानलाई टनेल प्लास्टिक वितरण
Hardik ivf

काठमाडौं, माघ २७ : स्याङ्जाको पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक र प्राविधिक सहयोग र सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापनमा संचालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल अन्तर्गत ८५ प्रतिशत अनुदानमा तरकारी खेतीका लागि टनेल प्लास्टिक वितरण गरिएको छ ।

पुतलीबजार नगरपालिकाका  १२० किसानलाइ १२० जिएसएमको १२ मिटर लम्बाइ र ६ मिटर चौडाइको टनेल प्लाष्टीक वितरण गरिएको हो । कोभिड प्रभावित परिवारलाइ राहत पुग्ने र तरकारीमा आत्मनिर्भर बनाउनका लागि यो अभियान सचालन गरिएको नगर प्रमुख सीमा कुमारी क्षेत्रीले बताईन् । 

उद्यमशिलता प्रबर्द्धन गरि नगरपालिकालाई तरकारीबालीमा आत्मनिर्भर एक टोल एक नर्सरी एक घर एक करेसाबारी अभियान आइरन ट्रस टनेल निशुल्क विउ विजन वितरण लगायतका कार्यक्रमहरु परियोजना अन्तरगत सचालनमा रहेको सूर्योदय क्लब, स्याङ्जाका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताए । 

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्