कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने

काठमाडौं, माघ २७ : सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ ।
आजको बैठकमा नेताहरुले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ-आफ्ना धारणा राखेको कांग्रेसले जनाएको छ ।
यस्तै महामन्त्री विश्वप्रकाश शर्माले म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरु, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा र विविध विषयका प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा.रामशरण महत, सुनिलबहादुर थापा, बलबहादुर के.सी., उमा रेग्मी, रमेश रिजाल, डा.नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले धारणा राखेका थिए ।
प्रकाशित मिति: १९:३३ बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











