Kathmandu Press

लोसपा र एमाले नवलपरासीका नेताहरु कांग्रेसमा प्रवेश 

लोसपा र एमाले नवलपरासीका नेताहरु कांग्रेसमा प्रवेश 

काठमाडौं, माघ २७ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एमाले) नवलपरासीका नेताहरु सत्तारुढ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

पार्टी प्रवेश गर्नेमा लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासी जिल्लाका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरि, जिल्ला सचिव जयप्रकाश सहनी, मनोजकुमार गिरी, महिला विभागमा आवद्ध रहेकी माया अग्रहरि र नेकपा एमाले नेकपा एमाले रामग्राम नगर समितिका सदस्य धिरज शर्मा लगायतका रहेका छन् । 

आज पार्टी केन्द्रीय कार्यालयमा सभापति श्री शेरबहादुर देउवाले उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन् । उनीहरु विना शर्त नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसले जनाएको छ । 

अग्रहरि समाजवादी पार्टीबाट २०७४ को प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत थिए । 

प्रकाशित मिति: १९:२३ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्