Kathmandu Press

स्याङ्जाको चापाकोटमा कृषि क्याम्पस बन्ने 

स्याङ्जाको चापाकोटमा कृषि क्याम्पस बन्ने 

काठमाडौं, माघ २७ : स्याङ्जाको चापाकोटमा क्याम्पस सञ्चालन हुने भएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा विहिबार चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालनका लागी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

Hardik ivf

कार्यक्रममा पूर्वमन्त्री पद्मा अर्यालले कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र कमाई सँगै हुने मोडेलबाट सुरु गर्नुपर्ने भन्दै चापाकोटमा क्याम्पस स्थापना गर्नका लागी जग्गा व्यवस्थापन र सम्बन्धनको काम मात्र अहिले सम्म भएको बताईन् ।

क्याम्पसको भौतिक पूर्वाधार, क्याम्पस सञ्चालनका लागी आवश्यक जनशक्तिका लागी तीन तहाका सरकारलाई परिचालन गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्रदेश शिक्षा मन्त्री मेखलाल श्रेष्ठले चापाकोटमा कृषि क्याम्पस सञ्चालन हुँदा दुई प्रदेशका विद्यार्थीहरुलाई राहत मिल्ने उल्लेख गरे । क्याम्पसको भौतिक पुर्वाधारका लागी आवश्यक १२० रोपनी जग्गा खरिद गरिसकिएको छ भने क्याम्पसले सम्बन्धनको काम समेत सकिएको छ ।

प्राकृतिक श्रोत व्यवस्थापन कलेज नामको प्रस्ताव गरिएको क्याम्पस सञ्चालन आएपछि लुम्बिनी प्रदेशको पाल्पा, तनहुँ र स्याङ्जाका विद्यार्थीहरुले अध्ययन गर्न पाउनेछन् ।

प्रकाशित मिति: १८:५३ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्