Kathmandu Press

एमसीसीलाई धेरै नलम्ब्याइ संसद्‌बाटै टुंग्याउनुपर्छ, बहुमतले पास हुन्छ : कांग्रेस प्रवक्ता

काठमाडौं, माघ २७ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता संसद्‌मा टेबुल भएमा बहुमतले पारित हुने...
एमसीसीलाई धेरै नलम्ब्याइ संसद्‌बाटै टुंग्याउनुपर्छ, बहुमतले पास हुन्छ : कांग्रेस प्रवक्ता

काठमाडौं, माघ २७ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता संसद्‌मा टेबुल भएमा बहुमतले पारित हुने दाबी गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकपछि बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा महतले एमसीसीलाई धेरै नलम्ब्याइ संसद्‌बाटै टुंग्याउनुपर्नेमा जोड दिए । ‘यो विषयलाई धेरै लम्ब्याउनु उपयुक्त हुन्न। संसद्‌बाट नै टुंग्याउनु उपयुक्त हुन्छ,’ महतले भने, ‘प्रवेश पनि नगराउने अनि यसमा के छ भनेर भ्रमको खेती गराउने काम भएको छ। प्रवेश भयो भने ठूलो बहुमतका साथ पारित हुन्छ।’ 

‘एमसीसी सभामुखले रोक्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ’, प्रवक्ता महतको भनाइ छ । उनले सभामुखको जिम्मेवारी, काम र कर्तव्य प्रष्ट रुपमा उल्लेख भएको भन्दै सभामुख सापकोटाले सरकारबाट पेस भएका विधेयक र महत्वपूर्ण प्रस्तावमा सदनमा प्रवेश गराउनुपर्ने बताए।

बिहीबारको बैठकमा सात आठ जनाले एमसीसीबारे धारणा राखेका थिए । बैठक शुक्रबार पनि बस्नेछ ।

प्रकाशित मिति: १८:५० बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्