Kathmandu Press

अतिरिक्त कर र प्रतिबन्ध खारेज गर्न अमेरिकासँग चीनको आग्रह

बेइजिङ, माघ २७ : चीनले आँफूविरूद्ध संयुक्त राज्य अमेरिकाले लगाएका थप कर, प्रतिबन्ध र अन्य दमनकारी उपाय हटाउन बिहीबार आग्रह गरेको छ।चीनले सम्झौता...
अतिरिक्त कर र प्रतिबन्ध खारेज गर्न अमेरिकासँग चीनको आग्रह

बेइजिङ, माघ २७ : चीनले आँफूविरूद्ध संयुक्त राज्य अमेरिकाले लगाएका थप कर, प्रतिबन्ध र अन्य दमनकारी उपाय हटाउन बिहीबार आग्रह गरेको छ।

चीनले सम्झौता लागू भएदेखि संयुक्त राज्य अमेरिकासँगको आफ्नो पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौताको संयुक्त कार्यान्वयनलाई बढावा दिने प्रयासलाई निरन्तरता दिएको छ।

यसले कोभिड–१९ महामारी, विश्वव्यापी आर्थिक मन्दी र अवरूद्ध आपूर्ति श्रृङखलाको धेरै नकारात्मक प्रभावहरू पार गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले पत्रकार सम्मेलनमा बताएका छन।

गाओले व्यापार सहकार्य विस्तार गर्न दुवै पक्षलाई राम्रो वातावरण र सुध्रने अवस्था सिर्जना गर्न अमेरिकाबाट कदम चाल्न आह्वान गरे।

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, माघ २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्