कालीमाटी फलफूल तथा बजार विकास बोर्डको सदस्यमा तीनजना निर्वाचित
काठमाडौं, माघ २७ : कालीमाटी फलफूल तथा तरकारी विकास बोर्डको सदस्यमा तीन जना निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा व्यवसायीतर्फबाट तारा रेग्मी मगर, अर्जुन सिलवाल...
काठमाडौं, माघ २७ : कालीमाटी फलफूल तथा तरकारी विकास बोर्डको सदस्यमा तीन जना निर्वाचित भएका छन्।
बिहीबार भएको निर्वाचनमा व्यवसायीतर्फबाट तारा रेग्मी मगर, अर्जुन सिलवाल र भगवानचन्द्र उप्रेती बोर्डको सदस्य निर्वाचित भएका हुन्।
महिला व्यवसायीतर्फ तारा रेमी मगरले दुई सय ४२ मतका साथ बाँकी दुई प्रतिस्पर्धी शान्ता ढुंगाना र गीता उप्रेतीलाई पछि पार्दै बोर्डको सदस्य निर्वाचित भएकी छन् ।
प्रतिनिधि व्यवसायी सदस्यतर्फ अर्जुन सिलवाल तीन सय ३४ र भगवान् चन्द्र उप्रेतीे दुई सय ६५ मत प्राप्त गरी विजयी भए । त्यस्तै, अर्का प्रतियोगी गिरजापति गुप्ताले भने एक सय १७ मतका पाएका छन् ।
बोर्डको अध्यक्ष पदमा कृष्ण प्रसाद धिताल र कार्यकारी निर्देशकको रुपमा डालप्रसाद पुडासैनी रहेका छन् ।
प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











