काठमाडौं उपत्यकामा थप ३२९ जनामा कोरोना संक्रमण
काठमाडौं, माघ २७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २ सय ३५, ललतिपुरमा...
काठमाडौं, माघ २७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा २ सय ३५, ललतिपुरमा ६४ र भक्तपुरमा ३० जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर कुल १ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै उपत्यकामा कुल १२ हजार ६५ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ७ हजार १७०, ललितपुरमा ३ हजार ४३१ र भक्तपुरमा १ हजार ४६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
देशभर २९ हजार ४ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:५० बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











