Kathmandu Press

थपिए १३६९ कोरोना संक्रमित, निकाे हुने २२३८ जना, १२ को मृत्यु

काठमाडाैं, माघ २७ : नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ८ हजार ८ सय ८०...
थपिए १३६९ कोरोना संक्रमित, निकाे हुने २२३८ जना, १२ को मृत्यु

काठमाडाैं, माघ २७ : नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ८ हजार ८ सय ८० पिसिआर परीक्षणका क्रममा १ हजार १३ जना र ३ हजार एन्टीजेन परीक्षणका क्रममा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ६४ जनाको मृत्यु भएको छ।

त्यस्तै थप २ हजार २ सय ३८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३० हजार ६ सय ७ जना निको भएका छन्।

हाल नेपालमा २९ हजार ४ सक्रिय संक्रमित छन्। तीमध्ये २७ हजार ९३० होम आइसोलेसलेसनमा र १ सय ३३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

संस्थागत आइसोलेसनमा रहेका १ हजार ७४ जनामध्ये २२५ जना आइसियु र ३२ जना भेन्टिलेटरमा उपचाररत छन्।   

प्रकाशित मिति: १७:४२ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्