निर्वाचनका लागि ५० अर्ब रूपैयाँ कसरी जुटाउने भनेर छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा
काठमाडौ, माघ २७ : अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहे पनि चालु आर्थिक वर्ष २०७८/७८को बजेटमा १० अर्ब रूपैयाँ...काठमाडौ, माघ २७ : अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहे पनि चालु आर्थिक वर्ष २०७८/७८को बजेटमा १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए।
आज (बिहीबार) अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले भने, ‘स्रोत व्यवस्थापनमा चुनौती छ । चुनावका लागि बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ। निर्वाचन आयोगले मात्र १२ अर्बभन्दा बढी खर्च लाग्ने बताएकाे जनाइएको छ। सरकारले सुरक्षा निकायसँग पनि कति खर्च लाग्ने भनेर छलफल गरिरहेको जनाइएको छ।
अर्थमन्त्री शर्माले स्रोत सुनिश्चित नहुँदा बजेटको आकार नै घटाउनुपरेको तर्कसमेत गरेका छन्। हचुवाका भरमा आयोजनाहरुको छनोट गर्दा पनि पुँजीगत खर्चको समस्या भएको जिकिर उनले गरेका छन्।
सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ।











