Kathmandu Press

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं, माघ २७ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।   राष्ट्रपति कार्यालय शीतल निवासमा...
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं, माघ २७ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।   

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेस गरिएको हो।

राष्ट्रपति भण्डारीले प्रतिवेदनमा भएका सुझाव सरकार र सम्बन्धित निकायले कार्यान्वयन गर्ने अपेक्षा गरेको बताए।

महान्यायाधिवक्ता खातीले महान्यायाधिवक्ता कार्यालयका समस्या र समाधानका  विषयमा विस्तृतरुपमा प्रतिवेदनमा रहेको र यसको कार्यान्वयन भएमा कानूनको शासन स्थापना भई फौजदारी न्यायप्रशासन प्रभावकारी हुने र पीडितले न्याय पाउने बताए।  

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्