Kathmandu Press

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित  

काठमाडौं, माघ २७ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। शुक्रबार र शनिबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक अर्को सूचना जारी...
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित  

काठमाडौं, माघ २७ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। शुक्रबार र शनिबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। 

कोरोनाभाइरस संक्रमणका कारण २५ जना भन्दा बढी भेला हुन नपाइने नियमका कारण बैठक स्थगित गरिएको ढकालले बताए। सरकारले जारी गरेको नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही समयका लागि स्थगित गरिएको उनले बताए। 

उनले कोरोना संक्रमण कम भएपछि छलफल गरी बैठकको मिति तोकिने बताए। 

यसअघि प्रज्ञा भवन कमलादीमा बैठक बस्ने निर्धारण भएको थियो। 

महाधिवेशनले अध्यक्षमात्र टुंगो लगाएको छ। अझै केन्द्रीय कमिटीलाई पूर्णता दिने र पदाधिकारी चयन गर्ने काम बाँकी रहेकोमा केन्द्रीय कमिटीको बैठक बस्नेमै अन्योल देखिएको छ। 

पदाधिकारीका विषयमा सहमति नजुट्दा पनि माओवादी केन्द्रले पटकपटक केन्द्रीय कमिटी बैठक सार्दै आएको छ। 

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्