Kathmandu Press

अरुण नदीमा जीप खस्यो, दुई महिने शिशुसहित ६ वेपत्ता

संखुवासभा, असोज १ : सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे अरुण नदीमा खसेको छ। जीप अरुण नदीमा खस्दा ६ जना वेपत्ता भएक....

अरुण नदीमा जीप खस्यो, दुई महिने शिशुसहित ६ वेपत्ता

संखुवासभा, असोज १ : सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे अरुण नदीमा खसेको छ। जीप अरुण नदीमा खस्दा ६ जना वेपत्ता भएका छन्।

धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को १ ज ३७४९ नम्बरको अरुण अरुण नदीमा खसेको हो। राति १०ः३० बजे सिधैँ अरुण नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार जीप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन्। त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता छन्।

जीप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको थियो। केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए।

उनका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नुपर्छ। घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी पुगिसकेका छन्।

प्रकाशित मिति: १०:०७ बजे, बुधबार, असोज १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्