नेविसंघको महाधिवेशनका लागि दबाब दिन विद्यार्थीले पार्टीलाई बुझाए झन्डा
काठमाडाैं, माघ २७ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध विद्यार्थीले आफ्नो संघको महाधिवेशनका लागि दबाब सिर्जना गर्दै आइरहेका छन्।यसक्रममा...
काठमाडाैं, माघ २७ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध विद्यार्थीले आफ्नो संघको महाधिवेशनका लागि दबाब सिर्जना गर्दै आइरहेका छन्।
यसक्रममा आज (बिहीबार) उनीहरूले नेविसंघको महाधिवेशन यथाशीघ्र गर्नुपर्ने भन्दै पार्टी पदाधिकारीलाई झन्डा बुझाएका छन्।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। सोही बैठकलाई लक्षित गरेर उनीहरूले महामन्त्री विश्वप्रकाश शर्मालाई संघको झन्डा बुझाएका हुन्।
उनीहरूले पार्टी कार्यालय जाने सडकमा लाइन लागेर तत्काल झन्डा बनाउँदै बुझाउँदै गरेका थिए।
नेविसंघका अध्यक्ष राजीव ढुंगना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेविसंघ नेतृत्वविहीन छ। लामो समयदेखि नेविसंघको महाविधेशन भएको छैन।
यसअघि विद्यार्थीहरूले पार्टी कार्यालय सानेपामा विधानबमोजि अधिवेशन गर्नुपर्ने भन्दै अनशनको कार्यक्रम पनि गरेका थिए।
बुधबार कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले आज बस्ने कार्यसम्पादन समिति बैठकमा म्याद गुज्रेका भ्रातृ संस्थाबारे आवश्यक निर्णय लिने जानकारी गराएका दिए।











