Kathmandu Press

कमल थापालाई पुनः पार्टीमा फर्कन पशुपतिशमसेरको आग्रह 

काठमाडौं, माघ २७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले पार्टीबाट अलग भएका पूर्वअध्यक्ष कमल थापालाई पुनः पार्टीमा फर्कन आग्रह गरेका छन्। बिहीबार धुम्बाराहीमा पदाधिकारी...
कमल थापालाई पुनः पार्टीमा फर्कन पशुपतिशमसेरको आग्रह 

काठमाडौं, माघ २७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले पार्टीबाट अलग भएका पूर्वअध्यक्ष कमल थापालाई पुनः पार्टीमा फर्कन आग्रह गरेका छन्। 

बिहीबार धुम्बाराहीमा पदाधिकारी बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै जबराले कमल थापाले पार्टी छाड्नु अनपेक्षित रहेको बताएका हुन्। उनले आफूसँग भएको छलफलमा धैर्य राख्न अनुरोध गर्दै हठात् निर्णय नलिन भनेको बताए। 

तर आफ्नो सुुझावलाई बेवास्ता गर्दै अचानक पार्टीबाट बाहिरिएप्रति दुख प्रकट गरेका छन्। उनले तीनै तहको निर्वाचनमा गम्भीर भएर लाग्नुपर्ने आवश्यकता रहेको बताउँदै थापालाई पार्टीमा फर्कन आग्रह गरेका छन्। 

प्रकाशित मिति: १५:०२ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्