राप्रपाको पदाधिकारी बैठक धुम्बाराहीमा जारी
काठमाडौं, माघ २७ : राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा समसामयिक राजनीतिक अवस्थाको समिक्षा हुने बताइएको छ। त्यस्तै...
काठमाडौं, माघ २७ : राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा समसामयिक राजनीतिक अवस्थाको समिक्षा हुने बताइएको छ।
त्यस्तै पूर्वअध्यक्ष कमल थापा लगायतका नेताहरु पार्टीबाट अलग भएबारेमा पनि बैठकमा छलफल हुनेछ।
आगामी स्थानीय तहको निर्वाचन र पार्टीको रणनीतिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ।
पदाधिकारी बैठकमा पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी पनि सहभागी छन्। यस्तै प्रदेश समितिका अध्यक्षहरूले पनि बैठकमा भाग लिएका छन् ।
प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











