Kathmandu Press

चाँदीजस्तो देखिने ३ किलो सेतो धातु सहित एकजना पक्राउ

काठमाडौं, माघ २७ : काठमाडौंको दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदी जस्तो देखिने ३ किलो सेतो धातुसहित काठमाडौं न्युरोड बस्ने भारत वेस्ट बंगाल घर भएका...
चाँदीजस्तो देखिने ३ किलो सेतो धातु सहित एकजना पक्राउ

काठमाडौं, माघ २७ : काठमाडौंको दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदी जस्तो देखिने ३ किलो सेतो धातुसहित काठमाडौं न्युरोड बस्ने भारत वेस्ट बंगाल घर भएका २६ वर्षीय पिण्टु मण्डललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

वीरगञ्‍जबाट काठमाडौं आउँदै गरेको ना१ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो। 

उनलाई उक्त धातु सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 
 

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्