त्रिविमा फागुन १ देखि भौतिक उपस्थितिमा पठनपाठन हुने

काठमाडौं, माघ २७ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ।
कोरोना महामारीका कारण त्रिविमा भौतिक रूपमा पठनपाठन बन्द गरिएको थियो।
त्रिवि रजिस्ट्रारको कार्यालयले आज (बिहीबार) एक सूचना जारी गरेर आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमा नै पठनपाठन र स्थगित परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो।
त्रिवि कार्यकारी परिषदको मंगलबार बसेको बैठकले त्रिवि तथा अन्तर्गतका सबै क्याम्पस÷विभाग÷स्कुल स्वस्थ्य मापदण्ड कडाइका साथ पालना गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो।
सरकारले यसअघि नै फागुन १ देखि देशभरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ। कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि एक महिनायता शैक्षिक संस्था बन्द थिए।

प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











