राप्रपा पदाधिकारी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु
काठमाडौं, माघ २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ।बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षद्वय पशुपतिशमशेर...
काठमाडौं, माघ २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही र प्रदेश समितिका अध्यक्षहरू सहभागी रहेको जनाइएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयसँगै स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल हुनेछ। पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी त्यागेको विषयमा पनि छलफल हुने जनाइएको छ।
थापाले गत मंगलबार गृहजिल्ला मकवानपुरको हेटौंडामा पत्रकार सम्मेलन गरेर राप्रपा परित्यागको घोषणा गरेका थिए।
प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











