Kathmandu Press

मन्त्री आलेको निर्देशनमा क्यासिनोको ३८ करोड नतिर्ने नेपालगन्जको होटल ड्रिमल्यान्ड बन्द

काठमाडौं, माघ २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनबापतको रु. ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगन्जको ड्रिमल्याण्ड होटल पनि बन्द...
मन्त्री आलेको निर्देशनमा क्यासिनोको ३८ करोड नतिर्ने नेपालगन्जको होटल ड्रिमल्यान्ड बन्द

काठमाडौं, माघ २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनबापतको रु. ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगन्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ।

मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु. ३८ करोड १० लाख ४५ हजार ६६४ रोयल्टी तिर्नुपर्ने देखिएको छ। सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटकपटक पत्राचार गरे पनि उक्त होटलले नतिरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा उक्त होटल तथा क्यासिनो बन्द गराइएको हो।

२०६७ भदौ २० गते मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्यान्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो।

आर्थिक वर्ष २०७६÷७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७÷७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टी गरी रु. ३८ करोड १० लाख ४५ हजार ६६४ नबुझाएपछि होटल बन्द गर्नाका साथै मिनी क्यासिनोको लाइसेन्स नै रद्द गरिएको मन्त्री आलेले जानकारी दिए।

ड्रिमल्यान्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको पर्यटन विभाग होटल शाखाले जनाएको छ।

प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्