Kathmandu Press

बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता 

छलफलमा स्थानीय तहको निर्वाचन र गठबन्धनको आगामी कदम तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)का विषयमा कुराकानी भएको हो। 
बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता 

काठमाडौं, माघ २७ : सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार बिहान भेटवार्ता भएको हो। 

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको हो। छलफलमा स्थानीय तहको निर्वाचन र गठबन्धनको आगामी कदम तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)का विषयमा कुराकानी भएको हो। 

यसअघि कांग्रेस नेता शेखर कोइराला आजै खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए। भेटमा उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्र लगायत कुनैपनि दलसँग गठबन्धन गर्न नसक्ने बताएका थिए। 

कोइरालाले मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। 

प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्