इन्भेष्टमेन्ट बैंकले पौवादुङ गाउँपालिकामा विस्तारित काउन्टरमार्फत सुरु गर्यो कारोबार
काठमाडौं, भदौ ३१ : नेपाल इन्भेष्टमेन्ट बैंकले प्रदेश १ को भोजपुर, पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ। 
काठमाडौं, भदौ ३१ : नेपाल इन्भेष्टमेन्ट बैंकले प्रदेश १ को भोजपुर, पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ।
नयाँ खोलिएको विस्तारित काउन्टर गाउँपालिका– ३ स्थित सदरमुकाम च्याङ्ग्रेमा रहेको छ। स्थानीय माग पूरा गर्ने गरी पूर्ण विस्तारित काउन्टरको रूपमा सञ्चालन हुनेछ।
यो नेपाल इनभेष्टमेन्ट बैंकको १५औं विस्तारित काउन्टर हो, जुन ग्रामीण क्षेत्रमा वित्तीय पहुँचमा सहयोग पुर्याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यले उद्घाटन गरिएको हो। बैंकले सो विस्तारभन्दा अघि हालैमात्र जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गर्नुका साथै काठमाडौंको मुटुमा शाखा स्थापना गरेको थियो।
बैंकले यसअघिका ग्रामीण विस्तारहरू अनि यो विस्तारित काउन्टरसँगै यसको कुशलतामा आधारित सञ्चालन अझै प्रभावकारी हुने दाबी गरेको छ। नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ।
बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ दी इयर’ र अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीको ‘वेष्ट बैंक २०१८ ’ अवार्डबाट सम्मानित भइसकेको छ।










-1754206481.jpg)
