Kathmandu Press

रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

मस्को, माघ २७ :  रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएको छ।

गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका थिए । त्यसपछिका केही दिन संक्रमितहरु केही घटेकामा बुधबार सबैभन्दा धेरै देखिएका छन् ।

संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएकामा सबैभन्दा बढी हो ।अहिलेसम्म एक करोड ३३ लाख ३० हजार कोरोना भाइरसका संक्रमित देखिएका पनि बताइएको छ। 

त्यसैगरी गएको २४ घन्टामा नै कम्तीमा पनि ६६९ जना संक्रमितको निधन भएको छ । 

कोरोनाका कारण हालसम्म तीन लाख ३७ हजार ३९० जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप पनि बढेको बताइएको छ । सरकारले सतर्कता अपनाएको भएपनि संक्रमितहरु भने बढ्दो रुपमा रहेको पाइएको छ।  

प्रकाशित मिति: १२:११ बजे, बिहीबार, माघ २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्