Kathmandu Press

भारतमा नक्सलाइट हिंसामा उल्लेख्य कमी आएको सरकारको भनाई

भारतमा नक्सलाइट हिंसामा उल्लेख्य कमी आएको सरकारको भनाई

नयाँ दिल्ली, माघ २७ : भारतमा नक्साइटहरुले गर्ने गरेको हिंसामा पछिल्लो वर्ष उल्लेख्य मात्रामा कमी आएको हालै सार्वजनिक गरिएको एक रिपोर्टमा जनाइएको छ । यहाँ गएको १२ वर्षमा गत वर्ष अर्थात् सन् २०२१ मा त्यसअघिका वर्षको तुलनामा कम्तीमा पनि ७७ प्रतिशतले कमी आएको देखिएको हो। 

भारतको केन्द्रीय गृह मन्त्रालयले प्रकाशन गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । सो प्रतिवेदनमा सन् २००९ मा २ हजार २५८ जनाको नक्सलाइट हिंसाका कारण ज्यान गएकामा त्यसमा गत वर्ष ७७ प्रतिशतले कमी आएको छ। 

गत वर्ष यस हिंसामा परी ५०९ जना मात्र नागरिकको ज्यान गएको पाइएको छ । भारतको केन्द्रीय गृह राज्यमन्त्री नित्यादन्द रायले संसदमा बुधबार दिएको जानकारीमा सो कुरा उल्लेख गरिएको छ। 

उनले पहिलेका वर्षहरुमा नक्सलाईट आन्दोलन भारतका ९६ जिल्लामा रहेकामा अघिल्लो वर्षसम्म आउँदा यो संख्या घटेर ४६ जिल्लामा सीमित रहेको पनि जानकारी दिए।

प्रकाशित मिति: १२:०७ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्