Kathmandu Press

सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि

काठमाडौं, माघ २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला  ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला...
सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि

काठमाडौं, माघ २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला  ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० छ, जसको मूल्य अघिल्लो दिन रु ९२ हजार ९०० थियो।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३३ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:५२ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्