Kathmandu Press

यस्तो छ यस वर्षको एसईई परीक्षा तालिका

काठमाडौं, माघ २७ : आगामी वैशाख ९ गतदेखि हुने यस वर्षको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ।राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षा तालिका सार्वजनिक...
यस्तो छ यस वर्षको एसईई परीक्षा तालिका

काठमाडौं, माघ २७ : आगामी वैशाख ९ गतदेखि हुने यस वर्षको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षा तालिका सार्वजनिक गरेको हो। वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन हुने भएको छ।

गत दुई वर्ष कोरोना भाइरसका कारण एसईई हुन सकेको थिएन। आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

यस वर्षको एसईईमा ५ लाख १० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। स्थानीय तहको निर्वाचन अघि परीक्षा सक्ने गरी तालिका बनाइएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

 

प्रकाशित मिति: ०८:०५ बजे, बिहीबार, माघ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्