एकीकृत समाजवादीले एमसीसीविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने
काठमाडाैं, माघ २६ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले एमसीसीविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएकाे छ। आज बसेकाे एकीकृत समाजवादी सम्बद्ध मोर्चा...
काठमाडाैं, माघ २६ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले एमसीसीविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएकाे छ। आज बसेकाे एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठकले दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गर्ने तयारीमा जुट्न जनवर्गीय संगठनलाई निर्देशन दिएको छ।
फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो।
प्रकाशित मिति: २०:०७ बजे, बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











