Kathmandu Press

एमसीसीप्रति जनमोर्चाका अध्यक्ष केसीको व्यंग्यात्मक टिप्पणी

काठमाडौं, माघ २६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको टिप्पणी गरेका छन् । बुधबार माइतीघर मण्डलमा...
एमसीसीप्रति जनमोर्चाका अध्यक्ष केसीको व्यंग्यात्मक टिप्पणी

काठमाडौं, माघ २६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको टिप्पणी गरेका छन् । 

बुधबार माइतीघर मण्डलमा राष्ट्रिय जनमोर्चा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा अध्यक्ष केसीले यस्तो टिप्पणी गरेका हुन् । 

अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको समेत आरोप लगाए । 

उनले अहिलेको सत्ता गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको दाबी गरे।

प्रकाशित मिति: १९:२४ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्