भोलि बस्ने कांग्रेस कार्यसम्पादन समितिको बैठकका लागि एजेन्डा तय, केके छन्?
काठमाडौं, माघ २६ : नेपाली कांग्रेसले भोलि (बिहीबार) बस्ने कार्यसम्पादन समितिको बैठकका लागि एजेन्डा टुंगाे लगाएको छ।आज (बुधबार) बालुवाटारमा सभापति शेरबहादुर देउवासँग छलफल...
काठमाडौं, माघ २६ : नेपाली कांग्रेसले भोलि (बिहीबार) बस्ने कार्यसम्पादन समितिको बैठकका लागि एजेन्डा टुंगाे लगाएको छ।
आज (बुधबार) बालुवाटारमा सभापति शेरबहादुर देउवासँग छलफल गर्दै पार्टी पदाधिकारीले कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रुप दिएको हो।
भोलि पार्टी कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समिति बैठकमा म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे आवश्यक निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिए।
त्यस्तै स्थानीय तहको निर्वाचन र बाँकी रहेका जिल्लाको अधिवेशनबारे सभापतिसँग छलफल भएको र बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए।
उनले स्थानीय तहको निर्वाचन आउन तीन महिना बाँकी रहेको अवस्थामा पार्टीलाई मजबुत बनाउन आवश्यक रणनीति तय गर्ने जानकारी दिए।
कांग्रेसमा १३ वटा भ्रातृ तथा १८ वटा शुभेच्छुक संस्था छन्। तर, समयमा अधिवेशन नगरेका कारण तीमध्ये अधिकांश संस्था निष्क्रिय बनेका छन्। त्यस्तै विभिन्न कारणले कांग्रेसको १६ जिल्लामा अधिवेशन हुन सकेको छैन।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

